ब्युटी न्युज नेपाल
जाजरकोट, १५ जेठ
शनिबार रातीबाट बेपत्ता भएका भेरी नगरपालिकाका वडा नम्वर ११ का लोकेन्द्र सुनारको शव डेरीले बाँधिएको अबस्थामा भेरी नगरपालिका १३ कुदुमा नदीको किनारामा भेटिएको छ । पश्चिम रुकुमको सोती घटनामा परी उनी सहित ३ जना बेपत्ता भएपछि बुधबारबाट शसस्त्र प्रहरीले खोजी सुरु गरेको थियो । उनको शब भेटिएपछि शनिबार पश्चिम रुकुमको चौरजहारी घटनामा परी मृत्यु हुनेका संख्या यो सहित ४ पुगेको छ ।
उनलाई सोतीका गाउँलेले नियन्त्रणमा लिएर कृटपिट गरी बाँधेर नदीमा बगाएको अनुमान गरिएको छ । बुधबार फेला परेको सुनारकोे शब डोरीले बाँधेको अबस्थामा नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजिका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली कर्णाली प्रदेश कार्यालयबाट जाजरकोट पुगेको खोजी सुरु गरेको हो । सोही क्रममा गोताखोर टोलीले बुधबार लोकेन्द्रको शब फेला पारेको हो ।
सो घटनामा नवराज बिकका लागि उनीसँग केटी भगाउन गएका १८ जनामा अरु २ जना भेरी नगरपालिका ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विकको शब आईतबार र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शब सोमबार भेटिएको थियो ।
दलित अधिकारकर्मीले ६ जना युवाहरुको सामुहिक हत्या भएको जिकिर गरेका छन । मृतकको अबस्थाले यो सामुहिक हत्या हो भनि पुष्टि गरेको दलित अधिकारकर्मी गोपाल नेपालीले बताए । सोति घटनाको बारेका छानबिन र अनुसन्धानको लागि दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र कर्णालीे प्रदेश सभा सदस्यहरुको टोली जाजरकोट पुगेको छ । डोरीले बाँधिएको अबस्थामा लोकेन्द्रको शब फेला परेपछि पिडित परिवार थप आक्रोशित भएका छन ।
हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु दैनिक जसो संलग्न रहेपनि भेटाउन नसकेपछि गोताखोर बोलाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । बेपत्ताहरु नदीमा डुवेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको प्रजिअ पन्तको भनाई छ ।
बाँकी २ जनाको खोजीमा पनि शसस्त्र प्रहरी बलको गोताखोर टोली सक्रिय रहेको सशस्त्र प्रहरी जाजरकोटका प्रमुख (डिएस्पी) योग्य बस्नेतले जानकारी दिए । बुृधबार भेरी नदिमा बाढी आएकाले धमिलो पानीकै कारण खोजी कार्यामा कठिनाई भएको उनले बताएका छन् ।