ब्युटी न्युज नेपाल
वीरगञ्ज, १४ जेठ
पर्सामा कोभिड–१९ कोरोना संक्रमितहरु मध्ये हिजो राती बिहान अरु २१ जना ठिक भएर घर फर्किएका छन् । उनीहरुको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । अब त्यहाँ ९ जना मात्र सँक्रमित उपचारमा रहेको डा. उदयनारायण सिंहले बताए ।
आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए । यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।