ब्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ
नेपालमा आज अरु ९० जनामा कोरोना सँक्रमण देखिएका छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको नियमित प्रेस भेटघाटमा सो मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले दिएको जानकारी अनुसार आज ९० जनामा कोरोना सँक्रण पुष्टी हुँदा नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।
आज सँक्रमितहरुमा बाँकेका ८ जना रहेका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका(२ का २२ वर्षीय पुरुष, डडुवा–१ का २० वर्षीय पुरुष, डडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी–३ का ४६ वर्षीय पुरुष, , राप्ती सोनारी–९ का ३८ वर्षीय पुरुष र बैजनाथ–३ का ३० वर्षीष पुरुषमा संक्रमण देखिएको डा. देबकोटाले बताए । डा. देबकोटाका अनुसार यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु मध्ये वीरेन्द्रनगरका ८ जना छन् । उनीहरु ९ देखि ४६ वर्ष उमेर समूहका छन् । यस्तै भेरी गंगाका १६ र १७ वर्ष पुरुष तथा सिम्टाका ३५ र ४९ वर्षका पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको पनि उनले बताएका छन् ।
यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका १, २ र ८ का २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक दुई वर्षकी बालिकासमेत छिन् भने अरु १९ देखि ५५ वर्षका छन् । अनिरुद्र माविमा संकलन गरिएको उनीहरुको थ्रोट स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा परीक्षण गरिएको थियो । रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तु मायादेवी—७ का २२ र ५० वर्षीय पुरुष, अर्घाखाँचीको पाणिनी गाउँपालिकाका १९ र ४३ वर्ष, गुल्मी धुर्कोटका २ पुरुष र रुपन्देही अस्पतालका २२ वर्षीय पुरुष छन् ।
सेती प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १ जनामा र अछामका १ल जनामा कोरोना सँक्रमण देखिएको डा. देबकोटाले बताए ।
यता पोखरामा गरिएको परीक्षणमा स्याङ्जा बालिङका २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चार दिनअघिमा भारतबाट आएको पनि प्रवक्ता डा. देवकोटाले बताए ।
राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ३५ जनामा कोरोना सँक्रमण पाईएको पनि डा. देवकोटाले बताए । जसमा महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौता–१ को पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै रौतहटमा २२ संक्रमित थपिएका छन् । सदरमुकाम गौरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गौर नागरपालिकाका ७ पुरुष र एक महिलामा संक्रमण देखिएको र उनीहरु ४ देखि ४० वर्ष उमेर समूहका रहेको पनि उनले बताए ।
यस्तै देवाही गोनाही नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि १४ वर्षका छन् । यस्तै अरुणिया १ र ४ का ६ जना, जो २६ देखि ४८ वर्षका छन्, उनीहरुको पनि रिपोर्ट पोजेटिभ आएको छ । राजदेवी नगरपालिकामा २२ वर्षीय पुरुष र गडुरा नगरपालिकाका एक २४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी सिराहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष, भगवानपुर गाउँपालिकाको ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २५ देखि २९ वर्षका पुरुष छन् । यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुषमा पनि कोरोना सँक्रमण देखिएको छ । उनी कोरोना अस्पताल, जनकपुरमा उपचाररत छन् । उनीहरु मध्ये ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएर घर फर्किएको पनि डा. देवकोटाले बताए ।