ब्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ,
नेपालमा आज थप १९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको प्रेस भेटघाटमा बताए अनुसार आज १९ जना थपिँदा नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६०३ जना पुगेको छ ।
डा. विकासले बताए अनुसार आज काठमाडौं, नुवाकोट, गुल्मी, झापा, रौतहट, बारा, पर्सा, सर्लाही, रुपन्देही र कपिलबस्तुका १९ जनामा कोरोना सँक्रमण देखिएको हो ।
यस्तै रुपन्देहीका ६ जनामा कोरोना देखिएको छ । जसमा समरिमाई ५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ पुष्टी भएको हो । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुषमा पनि कोरोना सँक्रमण देखिएको छ । कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. देबकोटाले बताए ।
यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको डा. देबकोटाले बताए ।
यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, पर्सा, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुषमा कोरोना सँक्रमण देखिएको छ । रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा, झापा बारादशी ३ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. देबकोटाले बताए ।
हालसम्म ८७ जना निको भइसकेको पनि उनले जानकारी गराए । नेपालमा अहिलेसम्म संक्रमितको संख्या ६०३ पुग्दा यी मध्येबाट ३ जनाकोे निधन भईसकेको छ ।