शुक्रबार बिहानै ३० जनालाई कोरोना, नेपालमा सँक्रमित ४८७ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ

नेपालमा अहिले बिहान फेरी ३० जनामा कोरोना भाईरस सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले पुष्टी गरेको छ । यसरी शुक्रबार बिहान ३० जना सँक्रमित थपिँदा नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्ताल, चितवनमा गरिएको परीक्षणअनुसार शुक्रबार ३० जना नयाँ संक्रमण पुष्टि भएको हो । सँक्रमित नवलपरासी, सर्लाहीका रहेका छन् ।

सर्लाही गोडैता नगरपालिकाकामा पाँच जना बालिबालिका संक्रमित भएका छन् । उनीहरु ८, ९, ११, १३ र १४ का छन् । यसैगरी रामनगर बहुअर्बा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीय महिला रहेका छन् ।

नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ का ३३ र ३५ वर्षीय पुरुष तथा १५ वर्षीय महिला छन् । कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिका रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर नगरपालिका ६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाबाट अहिलेसम्म नेपालमा ३ जनाको निधन भएको छ ।