ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ
कोरोना सँक्रमणबाट नेपालमा तेश्रो व्यक्तिको मृत्यु पुष्टी भएको छ । कोरोना भाइरसको संक्रमणबाट गुल्मीका एक व्यक्तिको मृत्यु भएको हो । यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । उनी कोरोना सँक्रमणबाट नेपालका तेश्रो मृतक हुन् ।
मृतक गुल्मीको मदाने गाउँपालिका वडा नम्बर(६, पुर्कोटका ४१ वर्षीय शिक्षक हुन् । उनलाई लाई आफुहरुले बचाउन नसेकेको प्रदेश ५ सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताएका छन् । उनले एक बिज्ञप्ति जारी गर्दै ती संक्रमित शिक्षकको मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकार चौधरीले ती व्यक्तिको बिहान ७ बजे मृत्यु भएको जानकारी दिए । पुष्टी भने दिउँसो गरिएको हो । ती व्यक्तिको केहीदिनदेखि रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत थिए ।
उनी गम्भिर अस्पतालमा गत वैशाख ३१ मा सो अस्पतालमा भर्ना भएका थिए । अस्पतालले अवस्था गम्भीर भएपछि सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । बुधबार नै उनको मृत्युको समाचार बाहिर आएपछि स्वास्थ्य मन्त्रालय र अस्पतालले त्यसको खन्डन गरेको थियो । मृतक शिक्षकको २ जेठ २ पिसिआर प्रविधिबाट कोरोना परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।