ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ
काठमाडौं महानगरपालिकाका सवारी चालकलाई कोरोना सँक्रमण देखिएको छ । मँगलबार सँक्रमित देखिएका भक्तपुरका व्यक्ति आफ्नो कार्यालयको सवारी चालक भएको काठमाडौं महानगरपालिकाले खुलासा गरेको छ ।
यस अघि सफाई कर्मचारीको परिक्षणमा कोरोना नदेखिएपछि केही सन्तोष मानेको महानगरपालिकाको कार्यालयमा फेरी यसपटक चालकमा कोरोना सँक्रमण देखिएपछि त्रास बढेको छ ।
अब ती चालकसँग सम्पर्कमा रहेका महानगरपालिकाका कर्मचारीहरुको पनि स्वाब सँकलन गरिने भएको छ ।
ती चालकलाई मँगलबार राती नै घरबाट आईसोलेसनमा लगिएको छ । उनको घर सिल गरेर परिवार तथा सम्पर्कमा आएकाहरुको स्वाब सँकलनको काम सुरु गरिएको छ ।