ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ
मँगलबार कोरोना सँक्रमित देखिएका काठमाडौंका २ जना महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई प्रहरी अधिकारी रहेका छन् । मँगलबार दिउँसो कालिमाटीमा पनि कोरोना सँक्रमित देखियो भनेपछि कालिमाटी तरकारी बजारमा त्रास फैलिएको थियो । सामाजिक सञ्जालमा पनि तरकारी बजारमा कोरोना पोजेटिभ भेटियो भनेर पोष्ट भै रहेको थियो ।
तर तरकारी बजारमा नभएर महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत प्रहरी अधिकारीमा कोरोना देखिएको हो । टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । यो तथ्य सार्वजनिक भएपछि तरकारी बजारमा त्रास केही काम भएको छ ।
तर यता त्यहाँका दुई प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको प्रहरीले जनाएको छ ।
कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । यस्तै बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ । सिल गरिएको प्रभागमा कार्यरत सबैको स्वाब सँकलन सुरु गरिएको पनि प्रहरीले जनाएको छ । कालीमाटीको प्रहरी ब्यारेकमा यि दुवै जना बस्दै आएकाले ब्यारेकमा सँगै खाने, सँगै सुत्ने सबैको स्वाब परिक्षण गर्न लागिएको हो ।