ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ
आज दिउँसो सँक्रमित भेटिएका ललितपुरका व्यक्ति चिकित्सक भएको खुलाईएको छ । कोरोना सँक्रमितको सेवामा सक्रिय रहेको बेला नेपालमा चिकित्सक आफैंले सँक्रमण भएको यो पहिलो घटना हो ।
उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का डाक्टर हुन् । कोरोना सँक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्ने क्रममा आफु नै कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको यी चिकित्सकको कथन छ । आज दिउँसो २७ संक्रमितमध्ये उनी एक हुन् । सँक्रमित मध्य काठमाडौं उपत्यकाका ५ थिए । जसमा काठमाडौंका २, भक्तपुरका १ र ललितपुरका ती डाक्टर हुन् ।
कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएको बेला उनलाई कोरोना भाईरस सँक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।