ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ
बिदेशमा रहेका नेपालीहरुको बारेमा सम्बन्धि देशका सरकार प्रमुखसँग आफुहरुको बार्ता भईरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नीति तथा कार्यक्रमबारे आज मँगलबार सँसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जनकारी गराएका हुन् ।
आफू र परराष्ट्रमन्त्रीले सम्बन्धित देशसहरुमा कोरोनाका सँक्रमण देखिएपछि कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुख लगायतसँग कुराकानी गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । नेपाली नागरिकहरु ती देशको निर्माण र उन्नतीको लागि कार्यरत रहेकाले नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्न आफुले अनुरोध गरेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
आफुसँग फोनमा बार्ताहुँदा ति देशका प्रमुखहरुले नेपाली जनालाई पनि आफ्नै नागरिक सरह ब्यबहार गर्ने र कोरोनाबाट जोगाउने प्रतिबद्धता जनाएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
अमेरिका, अष्ट्रेलिया, कतारलगायतका मुलुकले नेपालमा भएका डेढ, दुई सय आफ्ना नागरिक लगेको स्मरण गराउँदै प्रधामन्त्री ओलीले भने,‘हामीसँग जहाजको अभाव भएकाले बिदेशमा रहेका लाखौं जनतालाई तत्कालै ल्याउन सक्ने अबस्था छैन र ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा सरकार छैनौं ।’
यद्यपि बिदेशमा रहेका नेपालीहरुको बारेमा सरकार गम्भिर रहेको र समस्यामा परेका नेपाली नागरिकहरुलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको पनि उनले बताएका छन् । बिदेशमा रहेका नेपाली नागरिक प्रति सरकार गम्भिर रहेको उनको कथन थियो ।