फेरी १८ सँक्रमित थपिँदा आज मात्रै ८० जना पुगे, सँक्रमित सँख्या ३७५


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

नेपालमा अहिले बेलुका फेरी १८ जनामा कोरोना संक्रमित थपिएको छन् । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ३७५ पुगेको छ । आज एकै दिनमा ८० जना सँक्रमित थपिएका छन् ।

अहिले बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै १८ जनामा कोरोना सँक्रमण पुष्टि गरेको छ । मन्त्रालयले धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका जनाएको छ ।

दैलेखमा कोरोना सँक्रमित भेटिएसँगै कर्णाली प्रदेश पनि कोरोना सँक्रमणबाट जोगिन सकेन । कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

जसमा नरैनापुर, बाँकेका १२ जना रहेका छन् । यो थपिँदा बाँकेको नैरानपुरमा आजमात्र ५९ जनामा कोरोना सँक्रमण देखिएको छ ।

धनुषाका २ जना, खोटाङ हलेसीका १ जना, दलेख आठबिसका १ जना, सुनसरीका १ जना र झापाका १ जना पुरुष रहेका छन् । खोटाङ मा पनि यो सँगै पहिलो सँक्रमण देखिएको हो ।