आरडिटीबाट परिक्षण गर्दा सिन्धुलीमा २० जनाको पोजेटिभ

ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

सिन्धुलीमा सोमबार आज र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट १५८ जनाको कोरोना परिक्षण गरिएको छ । जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलका अनुसार सोमबार र्या्पिट डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको हो । जसमध्य बेलुकासम्म २० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

यसरी पोजेटिभ देखिएकामा सिन्धुली जिल्ला अस्पतालमा कार्यरत १२ जना रहेका छन् । पोजेटिभ देखिएकाहरुको यात्रा विवरण सङ्कलन गर्ने कार्यमसेत भइरहेको छ । फ्रन्ट लाइनमा काम गर्नेहरुको सोमबार गरिएको आरडिटी परीक्षणमा पोजेटिभ देखिएको हो । जस मध्य जिल्ला प्रकाशन कार्यालय सिन्धुलीका ८ जना कर्मचारीको कोरोना आरडिटी परीक्षणमा पोजेटिभ देखिएको छ । यसरी आरडिटी बिधीबाट २० जनाको कोरोना पोजेटिभ देखिएको हो ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि कसरी यस्तो अवस्था आयो भन्ने विषयमा खोजी भइरहेको छ । यो पुष्टी गर्नको लागि पुन उनहरुको स्वाब नमुनालाई पिसिआर प्रविधिबाट परिक्षण गरिनु पर्ने भएको छ । जसका लागि स्वाब सँकलन गरी पिसिआर प्राविधिबाट परिक्षण गर्न पठाईने भएको छ । अध्यक्ष पोखरेलका अनुसार फ्रन्टलाइनमा रहेर काम गर्ने जिल्ला अस्पताल, जिल्ला प्रशासन, सुरक्षाकर्मी, व्यवसायी र सर्वसाधरणमा गरिएको आरडिटी परीक्षणमा अस्पताल र जिल्ला प्रशासन कार्यालयका कर्मचारीको पोजेटिभ पाइएको हो ।