ब्युटी न्युज नेपाल
काठमाडौं ४ जेठ,
आईतबार बेलुका कोरोना सँक्रमित फेरी ३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर अरु ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो सहित नेपालमा कोरोना सँक्रमितको सँख्या २९५ पुगेको छ ।
पछिल्लो कोरोना सँक्रमित ३ जना नै प्रदेश १ का रहेका छन् । उनीहरुको विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परिक्षणमा कोरोना भाईरस पोजेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।
आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।
सँक्रमितहरुमा विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुष रहेका छन् । यस्तै धनकुटाकी ३४ वर्षकी महिलाको पनि संक्रमण पुष्टि भएकोछ । धनकुटामा पहिलो पटक कोरोना सँक्रमण देखिएको हो । उनी स्वास्थ्यकर्मी रहेकी छिन् । यसरी अहिले ३ जना थपिएपछि प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मध्ये १७ जना उपचारपछि निको भएका छन् ।
कोरोना सँक्रमणबाट आज बिहान बाँकेमा एक जना युवाको मृत्यु भएको छ । आजमात्र कोरोना सँक्रमितको साँख्या १४ पगेको छ ।