ब्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ,
सरकारले फेरी १५ दिन लकडाउन थालेको छ । यस अघि ५ जेठसम्म घोषणा गरिएको लकडाउनमा अझै १५ दिन थपेर सरकारले २० जेठसम्मका लागि लकडाउन बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ बसेको मन्त्री परिषदको बैठकले ५ जेठबाट २० जेठसम्म अरु १५ दिन लकडाउन बढाउने निर्णय सहित घोषणा गरेको हो ।
यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । मुलुकमा कोरोना सँक्रमित ह्वात्तै बढेको र कोरोनाबाट मृत्यु पनि हुन थालेपछि मन्त्री परिषदले अरु १५ दिन लकडाउन थपेको हो ।