ज्वरोले धुलिखेलमा एक महिलाको निधन, कोरोना परिक्षण गरिँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ

ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्याका कारण एक सुत्केरी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उनी सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की हुन् । उनलाई कोरोना भएका हुनसक्ने आशँक अस्पतालले गरेको छ । आज बेलुकासम्म उनको रिपोर्ट प्राप्त हुनेछ ।

शिक्षण अस्पताल महारागञ्जमा सुत्केरी भएर उनी गाउँ गएकी थिइन् । गाउँमा निकै ज्वरो आएपछि जेठ १ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले आइसियु नभएको भन्दै घर लगियो । गम्भीर बिरामीलाई अस्पताल नलगेर घर लगेपछि स्थानीयहरुले सुत्केरीका आफन्तलाई अस्पताल लैजान दबाब दिए । जेठ १ गते बिहीबार साझँ धुलिखेल अस्पतालमा ल्याइएको थियो ।त्यसपछि धुलिखेल अस्पताल भर्ना भएकी थिईन् ।

बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको त्यहि दिन राति मृत्यु भएको धुलिखेल अस्पतालका कोरोना परिक्षण विभागका सुचना अधिकारी डाक्टर सुमन ताम्राकारले पुष्टि गरे । कोरोना भाइरसको आंशकामा उनको स्वाब परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । ३० बर्षीय सुत्केरी महिलाको शव धुलिखेल अस्पतालमै राखिएको छ ।

उनी बैशाख २५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी थिईन् । त्यसपछि गाउँ गएकी हुन् । ९ दिनको बच्चा रहेको बताइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख झाले बताएका छन् ।