ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ,
नेपालमा आज शनिबार बिहान फेरी ६ जनामा कोरोना सँक्रमण (कोभिड १९) पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार पछिल्लो समय राष्टिय जनस्वस्थ्य र अन्य प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षण अनुसार आज बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन । अहिले बिहान ६ जनामा कोरोना सँक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको पनि उनले बताएका छन् ।
सिराहामा यस अघि कोरोना सँक्रमण देखिएको थिएन । आजबाट सिराहामा पनि कोरोना सँक्रमण देखिएको छ ।
सँक्रमितहरुमा पर्साका २ जना रहेका छन् । बाँकी अरु जिल्ला बर्दिया, सिराहा, सर्लाही र चितवनका एक, एक जना रहेका छन् । सबैको स्वास्थ्य अबस्था अहिलेसम्म सामान्य रहेको पनि सहप्रवक्त अधिकारीले जानकारी गराएका छन् ।