ब्युटी न्युज नेपाल
काठमाडौं, १ जेठ,
आज बेलुका फेरी ३ जनालाई कोरोना सँक्रमण देखिएको छ । आज बिहान २ जना र दिउँसो एक जनामा कोरोना सँक्रमण पोजेटिभ देखिएको थियो अहिले बेलुका ३ जनामा देखिँदा आज थप ९ जनामा कोरोना सँक्रमण देखिएको छ । अहिलेको ३ जना सहित नेपालका कोरोना सँक्रमितको सँख्या २४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १, १ जनामा कोरोना संक्रमण देखिएको हो । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलामा कोरोना भाईरस पोजेटिभ पाईएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।