सबै भन्दा बढी पर्सामा ८२ जनालाई कोरोना, आज मात्र पर्सामा ५७ संक्रमित   


ब्युटी न्युज नेपाल

बीरगञ्ज, ३० बैशाख

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको आज बेलुकाको रिपोर्ट अनुसार नेपालमा सबैभन्दा बढी कोरोना भाईरस (कोभिड १९) सँक्रमित पर्सा जिल्लामा देखिएको छ । मँगलबार बेलुकासम्म पर्सामामात्र कुल ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मात्र विभिन्न जिल्लामा ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । आज भेटिएका मध्य सबैभन्दा बढी अर्थात ५७ जना कोरोना सँक्रमित पर्सा जिल्लाकै रहेका छन् । यसरी आज ५७ र यस अघिका २५ जना सहित पर्सामा आजसम्म कोरोना सँक्रमित ८२ जना पुगेका हुन् । सोही कारण पनि पर्सा जिल्ला पछिल्लो समय कोरोनाको हट स्पट बनेको छ ।

आज दिउँसो सँक्रमित थपिएका ५७ मध्ये पनि पर्साकै  मात्र ३९ जना  रहेका थिए भने अहिले बेलुका थपिएका २६ जनामा पनि १८ जना सँक्रमित त पर्साकै हुन् । आज दिउँसो पर्सामा थपिएका संक्रमितमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका छन् । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । उनीहरु  १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् ।

आज बीरगञ्जमा सँक्रमित भेटिएका ३९ जना पर्साका मध्ये बाँकी छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा आइपुगेका थिए ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको आज बेलुका सार्वजनिक नतिजा अनुसार २६ सँक्रमित मध्य पर्साका १८ जना सँक्रमित रहेका छन् । जसमा वर्ष २२, २८, २८, ३२, ४५ र ६० का महिला रहेका छन् । यस्तै वर्ष १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ का पुरुष कोरोना सँक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संक्रमतिको विवरण अनुसार २६ जना कोरोना संक्रमित थपिए भने दिउँसो सार्वजनिक गरिएको विवरणमा पनि ५७ जना नयाँ संक्रमित पुष्टि भएका थिए ।   यो सँगै नेपालभर संक्रमितको संख्या २१७ पुगेको  मन्त्रालयले जनाएको छ । यसरी सँक्रमण बढेर ८२ जना पुगेपछि पर्सामा बेलुका ८ बजेबाट कफ्र्यु लगाईएको छ । यो कफ्र्यु जेठ ५ गते रातीसम्मका लागि लगाईएको हो ।