ब्युटी न्युज नेपाल
काठमाडौं ३० वैशाख,
मँगलबार दिउँसोसम्म विश्वभर कोरोना भाईरस सँक्रमितको सँख्या ४२ लाख ५६ हजार ५४० पुगेको छ । जसमध्य २ लाख ८७ हजार ३५४ जनाको त कोरोनाबाट मृत्यु समेत भईसकेको छ । सँक्रमित मध्य सबैभन्दा बढी मृत्य सँयुक्त राज्य अमेरिकामा ८१ हजार ७९५ जनाको भएको छ भने त्यहाँ कोरोना सँक्रमित १३ लाख ८५ हजार ८३४ जना पुगेको छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा पनि कोरोना भाईरस सँक्रमण तिब्रसँग बढी रहेको छ । मँगलबार दिउँसोसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ७० हजार ७५६ जना पुगेको छ । विश्वभर कोरोना सँक्रमितको अबस्था हेर्दा भारत उक्लेर १२ औं स्थानमा पुगेको छ । भारतले बिस्तारै सँक्रमणमा चिनलाई समेत उछिन्दै छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय नयाँ संक्रमित फेला परेका हुन् भने भारतमा कोरानो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको सो मन्त्रालयले जनाएको छ ।
भारतमा सोमबारबाट रेलवे सेवा खुला गरिएको छ । यसले कोरोना सँक्रमण देशभर पुग्ने स्वास्थ्यकर्मीहरुको अनुमान छ । सरकारले भने जनतालाई केही सहज होस भनेर निश्चित समयको लागि रेलवे सेवा खोलेको जनाएको छ ।
पछिल्लो रिपोर्ट अनुसार भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्र रहेको छ । यो राज्य अहिले पनि रेड जोनमा छ । त्यहाँ अहिलेसम्म सबैभन्दा बढी २३ हजार चार सय एक जना संक्रमित पुगेका छन् । यो राज्यमा अहिलेसम्म आठ सय ६८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सँक्रमित मध्य दोश्रो स्थानमा रहेको गुजरात प्रदेशमा अहिलेसम्म आठ हजार पाँच सय ४१ जना संक्रमित फेला परेका छन् । गुजरातमा कोरोनाबाट ५१३ जनाको मृत्यु भईसकेको छ । अहिलेसम्म भारतमा २२ हजार चार सय ५५ संक्रमित ठिक भईसकेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।