फेरी ८ जनामा कोरोना, नेपालमा सँक्रमित ११० पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख

हिजो र आज गरेर फेरी ८ जनामा कोरोना सँक्रमण देखिएको छ । शनिबार नयाँ ७ जनामा कोरोनो देखियो भने आज बिहान १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्त डा. विकाश देवकोटाले बताएका छन् । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।

शनिबार बेलुका राष्टिय स्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षण अनुसार ७ जनामा कोरोना सँक्रमण पोजेटिभ देखिएको हो । जसमा उदयपुर भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलबस्तु निवासी १७, १८ र १८ वर्षका पुरुषहरु र पर्सा, छप्कैया निवासी ६२ वर्षका पुरुष रहेका छन् । उनीहरु सबै यस अघि कोरोना सँक्रमितको सम्पर्कमा रहेका कारण कोरोना सँक्रमणको शिकार भएका हुन् ।

यस्तै आज बिहान सँक्रमित भेटिएकी उदयपुर, भुल्के निवासी ४३ वर्षीया महिला हुन् । उनको पनि कोशी अस्पतालमा स्वाब परिक्षणको क्रममा कोरोना भाईरस पोजेटिभ देखिएको हो । सँक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश १ मा १ हजार ४ सय ८६, प्रदेश २ मा १ हजार ३ सय ५५, बाग्मती प्रदेशमा २ सय ५४, गण्डकी प्रदेशमा ४ सय ६३, प्रदेश ५ मा ५ हजार २ सय २८, कर्णाली प्रदेशमा २ हजार ४ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ५१ जना क्वारेन्टाइनमा छन् ।

यस्तै प्रदेश १ मा ३५, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र २ र बाहिर १ सय ४१ गरी कुल १ सय ४३ जना आइसोलेसनमा भर्ना भएका छन् । मुलुकभर हाल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।