ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख
साँसदहरुले कोरोना सँक्रमण परिक्षण नेगेटिभ भएको रिर्पाट देखाएपछि मात्र यो अब शुक्रबारबाट बस्ने संघीय सँसद बैठकमा सहभागी हुन पाउने छन् । वर्षको बजेट अधिवेशनको तयारी हुँदै गर्दा यस्तो निर्णय आएको हो ।
सोही निर्णयलाई मध्यनजर राख्दै सँसद भवनको प्राँगनमा बिहिबार बिहानबाट काठमाडौंमा रहेका सांसदहरुले आफ्नो स्वाब परिक्षणको लागि नमुना दिएका छन् । उनीहरुले साँसद भवन पुगेर परीक्षणका लागि स्वाब नमूना दिएका हुन् ।
भामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेपछि साँसदहरुले स्वाब परिक्षण गराएका हुनु ।
उनीहरुको रिपोर्ट शुक्रबारसम्म आउने नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले बताएकी छिन् । उता राष्ट्रिय सभाको सांसदको पनि स्वाब परिक्षण हुने भएको छ ।
बिहीबार २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।
यसैबीच काठमाडौं बाहिर रहेका सांसदहरुलाई शुक्रबार विहानैदेखि परीक्षण गरिनेछ । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ । सबैको रिपोर्ट आएपछि कोरोना सँक्रमणको नेगेटिभ रिपोर्ट देखाएर साँसदहरुले बैठकमा भाग लिन पाउने छन् ।
अब संसद अधिवेशन शुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय भएको छ । त्यसैले मोफसलमा रहेका साँसदहरु अहिले यो बैठकका लागि धमाधम काठमाडौं आईरहेको छन् ।
सँसदको बैठक शुक्रबार अपरान्हबाट सुरु हुँदैछ । यसै सो बैठकमा कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, लठ्ठीसमेत साथमा लैजान नपाईने सुचना सँसद सचिवालयले निकालेको छ । सो नियमको बिरोध भएको छ । पावरवाला जस्मा लगाउने साँसदहरुले यसको विरोध गरेका छन् ।
यता पत्रकारहरुले डायरी र कलम नै बोक्न नपाउने अचम्मको नियम संसद सचिवालयले बनाएकामा पत्रकारहरुले त्यसको विरोध गरेका छन् । कतिपय साँसदले नियमित औषधी खानु पर्ने भए पनि यस्तो औषधिसमेत निषेध गरिएकामा यो नियमले औषधि खान आफुहरुलाई मार परेको बताएका छन् ।