नेपाल आएको ७ हप्ता पछि कोरोना, ५२ पुगे सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ बैशाख

आईतबार बेलुका एक जनालाई कोरोना सँक्रमण पोजेटिभ देखिएपछि नेपालमा कोरोना सँक्रमित ५२ जना पुगेका छन् । जस मध्य आईतबार बेलुकासम्म १६ जना उपचारपछि घर फर्किसकेका छन् ।

५२ औं सँक्रमित व्यक्ति बाह्रदशी ४ झापाका मुस्लिम धर्मावलम्बी ५० वर्षीय गुरु हुन् । उनी भारतको नयाँ दिल्लीमा आयोजित तबलिगी जमातमा सहभागी भएर ४७ दिन अघि नेपाल फर्किएका थिए । दिल्लीको निजामुद्दीनमा भएको धार्मिक सभामा सहभागी भएर २७ फागुनमा दिल्लीबाट ट्रेन र बस चढेर घर  आएका थिए ।नेपाल आएको सात हप्तापछि उनमा कोरोना सँक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनको चार दिनअघि स्वाब परिक्षण गरिएको थियो । जसमा उनको शंकास्पद रिपोर्ट आएपछि आइतबार कोशी अस्पताल , विराटनगरमा परीक्षणको लागि पठाईएको छ । पुन परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सँक्रमण देखिएपछि उनलाई पनि अहिले सोही अस्पतालमा राखिएको छ ।

उनको स्वास्थ्य अबस्था सामान्य छ । यो अबधिमा उनीसँग घुलमिल गरेका ब्यक्तिहरुको परीक्षणको लागि खोजी भईरहेको पनि मन्त्रालयले जनाएको छ ।