कम्तिमा एक साता लक डाउन थप्ने तयारी


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ बैशाख

सरकारले चौथो पटक थपेको लक डाउन भोली सकिँदैछ । अब कति दिनसम्म लक डाउन थपिन्छ वा कहाँ कहाँ खुुल्न सक्छ भन्ने जनचासो छ । बिगतको भन्दा केही लक डाउन खुकुलो हुने विश्वास धेरैको छ ।

आज दिउँसो २ बजेबाट बस्ने मन्त्री परिषदको बैठकले लक डाउनको बारेमा निर्णय गर्ने तयारी हुँदै थियो । तर बैठक ३ घन्टा पछि सरेको छ । अब आजको बैठक बेलुका ५ बजेबाट मात्र बस्ने भएको छ । लक डाउनको बारेमा निर्णय बेलुका ६ बजे मात्र आउने भएको छ ।

मुलुकमा अझै कोरोना सँक्रमण दिन दिने भेटिएकाले कम्तिमा एक सातासम्म लक डाउन थप्न सक्ने सम्बन्धित श्रोताले बताएको छ । यसअघि शनिबार बसेको कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । सो समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही दिशामा रहेकाले पनि एक साता लक डाउन थप्नु पर्ने निष्कर्ष सो समितिले निकालेको थियो ।

अहिलेसम्मको अबस्था हेर्दा भारतमा कोरोना सँक्रमणको महामारी उस्तै रहेको र नेपालमा पनि कोरोना सँक्रमण बढ्दो क्रममा रहेकाले अझै लक डाउन थप्ने मनस्थितिमा सरकार रहेको छ । तर हिमाल जिल्ला र केही क्षत्रमा लक डाउन खुकुलो पार्ने सल्लाह पनि भईरहेको सो समितिको श्रोतले जनाएको छ ।