ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख
बुधबार साँझसम्म राष्ट्रिय जनता पार्टी नेपाल फुट्ने चर्चा थियो । अन्य मधेशबादी दलहरु पनि फुट्ने र जुट्ने हल्ला चलेको थियो । तर बुधबार राती दुई पार्टी एकिकृत भएका छन् ।
तर सरदसिंह भण्डारी संयोजक रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र उपेन्द्र यादब अध्यक्ष रहेको समाजबादी पार्टी एकिकृत भएको छ ।
सोमबारमात्र मन्त्रिपरिषद्ले सिफारिस गरेको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्िवधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ अन्त राष्ट्रपति भण्डारीले जारी गरेकी जारी गरेकी थिइन् । राजनीतिक दल सम्बन्धि दोश्रो संशोधन अध्यादेशले ४० प्रतिसत सांसदले सम्बन्धित दल छाडेर नयाँ दल खोल्न पाउने उल्लेख गरेको थियो ।
बिपक्षी खेमामा मात्र हैन, सत्तापक्षमै यो अध्यादेशको व्यापक विरोध भएको बेला मधेशबादी दल फुट्ने अड्कल गरिएको थियो । तर यतीबेला दुई दलले आफुहरु जुटेर अहिलेको सरकारले ल्याएको अध्यादेशलाई चुनौती दिएका छन् ।
बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ । ‘जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान सवा ११ बजे निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको संयोजक सरद सिंह भण्डारीले जानकारी गराएका छन् ।
पार्टी एकीकरणको सहमती पत्रसहित निर्वाचन आयोगलाई दिइएको पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ । भण्डारीका अनुसार नयाँ दल जनता समाजबादी पार्टीको दर्ता नम्बर १३८८ रहेका छ ।
एकतामा आफु र समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादब सहित अन्य नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिईएका पनि भण्डारीले बताएका छन् ।