कोरोनबाट २२ लाख ५० हजार सँक्रमित, १ लाख ५४ हजारको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ वैशाख

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या विश्वभरीमा २२ लाख ५० हजार ७९० पुगेको छ । शनिबार बिहानको तथ्याँक अनुसार यो सँक्रमणबाट विश्वमा अहिलेसम्म १ लाख ५४ हजार २६६ जनाको मृत्यु भईसकेको छ । सँक्रमित मध्य ५ लाख ७१ हजार १४५ जना कोरोना सँक्रमितबाट ठिक भईसकेका छन् ।

यता अहिलेसम्म सबैभन्दा बढी सँक्रमित सँयुक्त राज्य अमेरिकामा छन् । त्यहाँ शनिबार बिहानसम्म सँक्रमितको सँख्या ७ लाख १० हजार २१ जना पुगेको हकिन्स विश्व विद्यालयले जनाएको छ । शनिबार बिहानसम्म अमेरिकामा मृत्यु हुने व्यक्तिको सँख्या ३७ हजार १५८ पुगेको छ ।
अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म दुई लाख ३० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । यहाँ भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १७ हजार एक सय ३१ पुगेको छ । त्यस्तै न्यु जर्सीमा पनि ७८ हजारभन्दा धेरै मानिस भाइरसबाट संक्रमित भइसकेका छन् । यो राज्यमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार आठ सय ४० पुगेको छ ।

अमेरिका पछि सँक्रमितको रुपमा अहिले पनि स्पेन दोश्रो स्थानमा छ । त्यहाँ अहिलेसम्म १ लाख ९० हजार ८३९ जना सँक्रमित भएका छन् । त्यहाँ मृतकको सँख्या २० हजार २ पुगेको छ ।

यस्तै इटाली सँक्रमणमा शनिबार बिहानसम्म तेश्रो स्थानमा छ । तर मृतकमा दोश्रो स्थानमा छ । त्यहाँ अहिलेसम्म १ लाख ७२ हजार ४३४ जना सँक्रमित भएका छन् । त्यहाँ मृतकको सँख्या २२ हजार ७४५ पुगेको छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोना सँक्रमण तिब्र रुपमा बढेको छ । त्यहाँ कोरोना सँक्रमितको सँख्या शनिबार बिहानसम्म १४ हजार ३५२ र मृतकको सँख्या ४८६ जना पुगेको छ ।

नेपालमा शनिबार बिहानसम्म कोरोना सँक्रमितको सँख्या ३० पुगेको छ । जस मध्य एक जना मात्र ठिक भएर घर फर्किएका छन् ।