ब्युटी न्युज नेपाल
उदयपुर, ६ बैशाख
शुक्रबार उदयपुरको भुलभुले स्थित एक मस्जिदमा भेटिएका एक नेपाली सहित १२ जना कोरोना संक्रमित ११ भारतीय नागरिकलाई अस्पताल भर्ना गरिएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार उनीहरुलाई विराटनगर स्थित कोरोना उपचार अस्पतालको आईसोलेसन बेडमा राखिएको हो ।
पहाडीका अनुसार सँक्रमित १२ जना भारतीय भनिए पनि एक नेपाली रहेको र उनले आफ्नो घर बिराटनगर भएको बताएका छन् । उनीहरुमा सँक्रमण पुष्टी भएपछि आफुहरुले शुक्रबार बेलुका नै सबैलाई एम्बुलेन्समा हालेर बिराटनगर पठाएको पनि प्रमुख जिल्ला अधिकारी पहाडीले बताए ।
उनीहरु मुस्लिमहरुको भेटघाट (जमात) कार्यक्रम अनुसार भारतबाट उदयपुर आएका थिए । उनीहरु जमातकै लागि त्यहाँ बस्दै आएका थिए ।
जमातकै लागि केही समय देखि सो मस्जिदमा १६ जना बस्दै आएका थिएन । जस मध्य ४ जनाको कोरोना भाईरस नेगेटिभ देखिएको छ । तथापि उनीहरुलाई मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन ।