आज नेपालमा थप १४ जनामा देखियो कोरोना सँक्रमण


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

शुक्रबार आज फेरी नेपालमा कोरोना सँक्रमित १४ जना थपिएका छन् । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित फेला परेका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले शुक्रबार बेलुका एक बिज्ञप्ति जारी गर्दै पुष्टी गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा मात्र १२ जना कोरोना भाइरस संक्रमण देखिएको हो । यस्तै चितवनमा दुई जना नेपालीमा कोरोना सँक्रमण पोजेटिभ देखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एकैदिन १४ जना थपिएपछि अब नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी ३० जना मध्य संक्रमितमध्ये एक जना भने उपचारपछि एक महिना अघि नै घर फर्किएका छन् । अन्य २९ जनाको अहिले पनि उपचार भइरहेको पनि सो मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जना भारतीयमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । उनीहरु धर्म प्रचारका लागि नेपाल आएको बताईएको छ ।

उनीहको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गरिएको थियो । यस अघि यसरी नै बिरगञ्जमा लुकेर बसेका तीन जना भारतीय मुलुकमा मुस्लिम धर्मगुरुहरुलाई कोरोना सँक्रमण भेटिसकेको छ ।

यस्तै कोरोना भाईसर संक्रमण देखिएका चितवनका दुई जनामा ६७ वर्षिया आमा र २७ वर्षिय छोरा भएको पनि स्वस्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु राप्ती नगरपालिका–८ का हुन् । संक्रमितहरु चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । उनीहरुलाई भरतपुरको आइसोलेसन वार्डमा राखिएको छ ।

१४ जना संक्रमितको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप यकिनका लागि उनीहरुको नमुना काठमाडौंमा पनि परीक्षण हुनेछ ।
यसरी कोरोनाको सँक्रमण तिब्र रुपमा फैलिएको छ । अहिले सरकारले मुलुक लक डाउन गरेको छ । त्यसले यहाँहरुलाई पनि घरमै बसेर यो बेला आफु र परिवारलाई कोरोनाबाट जोगाउन सरकारको अनुरोध छ ।