ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख
नेपालमा थप दुई जनालाई कोरोना सँक्रमण पुष्टी भएको छ । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना मध्य २ जनालाई कोरोना भाईसर कोभिड १९ पोजेटिभ देखिएको छ । यो सँगै कोरोना सँक्रमितको सँख्या नेपालमा १६ जना पुगेको छ ।
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड १९ को शंका देखिएको थियो । उनीहरुको बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जनामा कोरोना भाईरस सँक्रमण अर्थात पोजेटिभ देखियो । त्यहाँ वस्ने ५८ बर्षिया पुरुष र ८१ बर्षिया महिलाको कोरोना भाईरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले मँगलबार जानकारी गराएको छ । उनीहरुको स्वाब पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएका छ ।
बाँकी १ जनाको पहिलो परिक्षणमा कोभिड १९ पोजेटिभ नदेखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको फेरी परिक्षण हुँदैछ । अहिले यी ३ जना व्यक्तिहरू क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएका छन् । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको पनि स्वास्थय मन्त्रालयले जनाएको छ ।
कोरोना सँक्रमण देखिएका परिवार २८ दिनअघि बेलायतबाट नेपाल फर्किएका थिए । मुलुत १४ दिनपछि कोरोना सँक्रमण देखिँदैन भनिए पनि बेलायतबाट नेपाल आएको २७ दिन पछि यो परिवारलाई कोरोना भाईरस सँक्रमण देखिएको हो ।
यता बीरगञ्जमा बस्दै आएका तीन जना मुस्मिल धर्म प्रचारकलाई दुई दिन अघिमात्र कोरोना सँक्रमण पुष्टी भएको थियो । उनीहरु तीनै जनालाई अहिले बीरगञ्जमा आईसोलेसनमा राखेर उपचार गरिहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले कोरोनाको सँक्रमण विश्वव्यापी रुपमा तिब्र रुपमा बढी रहेको छ । मँगलबार दिउँसोसम्म कोरोनाबाट १ लाख १९ हजार ७५८ जनाको निधन भईसकेको छ । यस्तै मँगलबार दिउँसोसम्म विश्वभर १९ लाख २९ हजार २२५ जनामा कोरोना भाईरस सँक्रमण देखिएको छ ।