ब्युटी न्युज नेपाल
काठमाडौं २७ चैत,
काठमाडौं बाहिर जानै पर्ने भएकाहरुलाई २८ र २९ गते काठमाडौं बाहिर जान दिने भन्ने सरकारी निर्णय समाचारको सरकारले खन्डन गरेको छ । यस्तो निर्णय नभएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको एक बिज्ञप्ति जारी गर्दै बताएका छन् । यो समाचारको उप्रधानमन्त्री पोखरेलले खन्डन गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङका अनुसार काठमाडौं बाहिर पठाउने तयारी भएको समाचार आएपछि लगत्तै उपप्रधानमन्त्री पोखरेलले त्यसको खन्डन गरेका हुन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सँयोजक रहेका पोखरेलले यो समाचारप्रति ध्यानाकर्षण्म भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा देशबासीका नाममा गरिएको सम्बोधन अनुसार नै अहिले बन्दाबन्दी (लक डाउन) को अबस्था यथाबत रहेकाले शुक्रबार र शनिबार काठमाडौं जान पाउने समाचार गलत भएको बताएका छन् ।
यातायात मन्त्रीको श्रोताबाट समाचार आएपछि बिहिबार दिँउसो धेरै जसो मिडियाले यो समाचार लेखेका थिए ।