शुक्रबार र शनिबार काठमाडौं बाहिर जान पाईने


ब्युटी न्युज नेपला
काठमाडौं २७ चैत,

मुलुकमा १७ दिन देखि लक डाउन जारी छ । जसका कारण जरुरी काम परेका मानिसहरु काठमाडौं उपत्यका बाहिर जान पाएका छैनन् । कतीपय ब्यक्तिहरु राती भागेर काठमाडौं बाहिर जानु परेको अबस्था छ । यो समस्यामा बल्ल सरकार गम्भिर भएको छ ।

यही समस्यालाई मध्यनजर राख्दै सरकारले यस्ता समस्यामा परेकालाई २८ र २९ गते काठमाडौं बाहिर जान दिने भएको छ । बिहिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले काठमाडौंमा अलपत्र परेकाहरुलाई भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको समाचार आएको छ ।

समाचार श्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयको संयोजनमा काठमाडौं बाहिर पठाउने तयारी हुँदैछ । ११ र १२ कक्षाको परीक्षा स्थगित भएपछि धेरै विधार्थीहरु काठमाडौंबाट माफसल जान चाहेका छन् । अन्य पेशाका व्यक्तिहरु पनि काम विशेषले काठमाडौं बाहिर जान आतुर छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङका अनुसार काठमाडौं उपत्यकामा रहेका विधार्थीहरु सहित अन्यलाई सरकारले राजमार्गका केही मुख्य शहरमा पुर्याईदिने निर्णय गरेको बताईएको छ । यसको बारेमा सूचना सर्कुलर गरेर काठमाडौं बाहिर पठाउने व्यबस्था गरिने पनि मन्त्री नेम्वाङको भनाई छ । तर छोटो दुरीको बारेमा अहिले तय नभएको अबस्था छ ।

पुन सच्याईएको ः
यसै बीच काठमाडौं बाहिर जानै पर्ने भएकाहरुलाई २८ र २९ गते काठमाडौं बाहिर जान दिने भन्ने सरकारी निर्णय समाचारको सरकारले खन्डन गरेको छ । यस्तो निर्णय नभएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको एक बिज्ञप्ति जारी गर्दै बताएका छन् । यो समाचारको उप्रधानमन्त्री पोखरेलले खन्डन गरेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सँयोजक रहेका पोखरेलले अहिले बन्दाबन्दी (लक डाउन) को अबस्था यथाबत रहेकाले शुक्रबार र शनिबार काठमाडौं जान पाउने समाचार गलत भएको बताएका छन् ।