ब्युटी न्युज नेपाल
नेपालगञ्ज १५ चैत
काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको नेपाल एयरलाइन्सको विमान अवतरणका क्रममा धानवमार्गबाट चिप्लिएर झाडी भित्र पसेको छ । सो बिमानमा सबार सबैजना सकुसल रहेको प्रहरीले जनाएको छ ।
कोरोना भाइरस परीक्षणको मेडिकल सामग्री लिएर सो विमान नेपालगञ्ज गएको थियो । प्रहरी प्रक्ता एसएसपी उत्तमराज जोशीले सो बिमान रनवेबाट चिप्लेर झाडीमा पसेको पुष्टि गरेका छन् । विमानमा तीनजना चालक दलका सदस्य छन् भने दुई जना चिकित्सक छन् । उनीहरु सकुशल छन् । विमानमा भने क्षति पुगेको छ ।
सो बिमान ल्याण्ड गर्ने क्रममा चिप्लिएर धावनमार्गबाट दुई सय मिटर जति टाढा झाडीमा पुगेको त्यहाँ रहेका सुरक्षाकर्मीहरुले बताएका छन् । विमान चिप्लिँदै गर्दा ठूलो आवाज समेत आएको थियो ।