ब्युटी न्युज नेपाल
काठमाडौं, १४ चैत
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार पछि शुक्रबार साँझपख घर फर्किएका छन् । गएराती स्वास्थ्यमा केही समस्या देखिएको भन्दै उनी अस्पताल भर्ना भएका थिए ।
काठमाडौं महाराजगञ्ज स्थित त्रिविविको मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आकस्मिक उपचार गराई उनी आज प्रधानमन्त्री निवास बालुवाटर फर्किएका हुन् । करिब २० घन्टा अस्पतालमा रहेका उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेको सो अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा उनको सचिवालयले धन्यवाद ज्ञापन गरेको छ । गत महिना मात्र दोश्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई पछिल्लो समय निकै धपेडी बढेको छ ।