ब्युटी न्युज नेपाल
काठमाडौं,२७ माघ
चलचित्र ‘दोषी को ?’ को काठमाडौंको चावहिल स्थित चलचित्र बिकास बोर्डको हलमा बिशेष प्रदर्शन गरिएको छ । चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा यो फिल्मका अभिनेता, निर्माता सहभाथी थिए ।
कार्यक्रममा अभिनेता खड्काले नेपाली चलचित्र बिदेशी चलचित्रको चेपुवामा परेकाले अपेक्षाकृत बिकास हुन नसकेको तथ्य औल्याउदै यसका लागि सम्बन्धी निकाय र सरोकारवालाले ठोस कदम चाल्नु पर्ने बताए । उनले आफू सधै स्वदेशी फिल्मको पक्षमा रहेको र यसका लागि जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको दावी गरे ।
समाजीक बिषयमा निर्मित यो चलचित्रलाई निमा लामा तामाङको निर्देशन गरेका हुन् । गोपी अधिकारी निर्माता रहेको फिल्मको बिशेष शोमा फिल्ममा सम्बन्धीत कलाकार, प्राबिधिक तथा सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
करण थापा मगरको प्रस्तुति रहेको फिल्ममा सुवास नेपाली, करण थापा मगर, सपना लामा, नेहा गौतम, गोपी अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् । सडकमै जन्मे, हुर्केका दुखी गरिबको जीवनका उचाढचढावलाई कथामा बुनीएको फिल्म छिट्टै नै थुप्रै देशहरुमा प्रदर्शन गर्न लागीएको जानकारी निर्माता गोपी अधिकारीले दिए । उनल फिल्ममा मनोरञ्जनका साथै सन्देशसमेत रहेकाले हेरेका जति दर्शकले मन पराएको बताए ।
करण फिल्मस् प्रोड्क्सनको ब्यानरमा निर्माण भएको फिल्म केही समयपछि स्वदेशका हलमा प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ । फिल्ममा करण थापा मगरको लेखन,गोपी अधिकारी र सन्तोष सुनामको संगीत,बिश्वास भण्डारीको छायांकन र सम्पादन, मित्र ध्वज गुरुङको कलर र रमेश रेग्मीको कोरियोग्राफी छ ।
कार्यक्रममा निर्देशक लामाले आफूले पहिलोपटक निर्देशन गरेको नेपाली फिल्म दर्शकले मन पराएकोमा खुशी ब्यक्त गरे । उनले दर्शकबाट पाएको प्रतिक्रियाबाट आफूलाई यो क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको सुनाए ।