सिनेमा हलमा दि कर्मा


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १७ माघ

चलचित्र ‘दि कर्मा’ शुक्रबारबाट मुलुकका पाँच दर्जन भन्दा बढी फिल्म हलमा रिलिज भएको छ । चलचित्रको व्यापार आसा गरे अनुसारकै भएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा जयराज राय, संगीता नापित, परमिता राज्यलक्ष्मी राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, अनुप सक्सेनासहितका कलाकारहरुको मुख्य भूमिका छ ।

यो चलचित्रलाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । करिब दुई महिना यताबाट नयाँ नेपाली चलचित्र सिनेमा हलमा नआएको बेला दर्शकका लागि यो चलचित्रले अक्सिनको काम गर्ने कथन यी निर्देशकको छ ।

उनका अनुार चलचित्रमा मुलुकको सिमा क्षेत्रमा हुने विभिन्न समस्या वा अवैध कामको कथा यसमा उठाईएको छ । यो चलचित्रको छायाँकन नेपालको तराई क्षेत्रमा गरिएको छ ।

सिमा अतिक्रमणको समस्याले नेपाली पीडित छन् । सीमा क्षेत्रमा हुने अपराधका कारण सीमा आसपासका बासिन्दा झनै पीडित छन् । यो पीडालाई चलचित्रमा उतारिएको निर्माण पक्षले जनाएको छ । यसरी आफ्नो चलचित्रमा समसामयिक कथा उठान गरेको निर्देशक श्रेष्ठले बताएका छन् ।

यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, जय राज रायको लेखन, रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा लगानी रहेको छ । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।