ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ
काठमाडौंको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिकको बिहिबार उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफु सँधै फेशन प्रति सजक रहेको बताएकी छिन् ।
अभिनेत्री राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको पनि जिकिर गरेकी छन् ।
बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले क्रियसनकी संचालिका सजिना बिष्टसँग पारिवारिक नाता रहेकाले पनि यो बुटिकसँग आफु जोडिएको बताईन् ।
कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बर्षाले बताईन् । ‘सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएको उनको कथन थियो ।
धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी सजिना बिष्टले यो बुटिक संचालनमा ल्याएकी हुन् । बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।
बिष्ट नेपाल इन्चिच्युट अफ फेसनको २०१४की फष्ट सेसन बिजेता बिद्यार्थी हुन् । बुटिककमा ढाकाका पहिरनलाई पनि आफुले बिषेश प्रथामिकतामा राखेको उनले सुनाइन् ।